images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • कङ्गोमा इबोला संक्रमणबाट १३६ जनाको मृत्यु,...

कङ्गोमा इबोला संक्रमणबाट १३६ जनाको मृत्यु, प्रकोप नियन्त्रणमा चुनौती

कङ्गोमा इबोला संक्रमणबाट १३६ जनाको मृत्यु, प्रकोप नियन्त्रणमा चुनौती

images
images
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को पूर्वी प्रान्त इटुरीमा इबोला महामारी तीव्र रूपमा फैलिएपछि सरकारले नियन्त्रणका प्रयासहरूलाई तीव्रता दिएको छ । गत मे १५ मा महामारी घोषणा गरिएयता यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या १३६ पुगेको छ ।स्वास्थ्यमन्त्री रोजर काम्बाले मंगलवार आयोजित पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार हालसम्म ५४३ जनामा संक्रमणको आशंका गरिएको छ । तीमध्ये ३२ जनामा प्रयोगशाला परीक्षणमार्फत संक्रमण पुष्टि भइसकेको छ ।

    images
    images

    मन्त्री काम्बाले हालसम्मका १३६ मृत्युलाई ‘शंकास्पद’ श्रेणीमा राखिएको र ती मृत्युहरू प्रत्यक्ष रूपमा इबोला भाइरसकै कारण भएका हुन् वा होइनन् भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारी एडेलहेड मार्सचाङ आन्सियाकाअनुसार हालसम्म यस प्रकोपको सुरुवाती बिरामी (पेसेन्ट जिरो) को पहिचान हुन सकेको छैन । भाइरसको नमुना परीक्षण गर्दा यो ‘बुन्डिबुग्यो’ प्रजाति भएको पाइएको छ ।

    नेशनल इन्स्टिच्युट अफ बायोमेडिकल रिसर्चका महानिर्देशक जिन–ज्याक मुयेम्बेले यो भाइरस सन् २००७ र २०१२ मा देखिएको भन्दा फरक भेरियन्ट भएको र यो जङ्गलबाट सिधै फैलिएको नयाँ संक्रमण भएको बताए । महामारी नियन्त्रणमा सामाजिक अन्धविश्वास अर्को ठूलो चुनौती बनेको छ ।कतिपय प्रभावित क्षेत्रमा स्थानीयले यस रोगलाई भाइरस नभई ‘श्राप’ वा ‘अदृश्य शक्ति’ को असर मान्ने गरेका कारण बिरामीको सूचना ढिलो प्राप्त भई संक्रमण थप फैलिएको स्वास्थ्य मन्त्रीले स्वीकार गर्नुभयो । यद्यपि, सरकारी सचेतना कार्यक्रमपछि यस्ता भ्रमहरूमा कमी आएको दाबी गरिएको छ ।हाल यस विशिष्ट प्रजातिका विरुद्ध निश्चित खोप वा औषधि उपलब्ध नहुनु चिन्ताको विषय बनेको छ । यद्यपि, अफ्रिका सीडीसीले तीनवटा सम्भावित खोपहरू परीक्षणको क्रममा रहेको जनाएको छ ।

    images
    images

    कङ्गो सरकारले मुङ्गब्वलु, रम्पारा र बुनियालाई संक्रमणको केन्द्रविन्दु (इपिसेन्टर) घोषणा गर्दै त्यहाँ उपचार केन्द्रहरू स्थापना गरेको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य कोषमा आएको गिरावटले नियन्त्रण कार्यमा केही बाधा पुर्याए पनि विश्व स्वास्थ्य संगठन र युनिसेफले आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउन सुरु गरेका छन् ।सन् १९७६ मा पहिलोपटक इबोला नदी नजिक पहिचान भएको यो भाइरसले कङ्गोमा पटक–पटक मानवीय संकट निम्त्याउँदै आएको छ। सन् २०१८ देखि २०२० सम्म फैलिएको ‘जायरे’ प्रजातिको इबोलाका कारण कङ्गोमा २ हजार २ सय भन्दा बढीको मृत्यु भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend