images

२०८३ आश्विन १७ गते

images
images
images

बाल अस्पताललाई मीन बहादुर गुरुङको ७१ करोड बढी सहयोग

बाल अस्पताललाई मीन बहादुर गुरुङको ७१ करोड बढी सहयोग

images
images
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ  (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।गुरुङले किओच बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि हालसम्म ७१ करोड रुपैयाँभन्दा बढी दान गरेका हुन् । जेठ ९ गते नवनिर्मित भवन उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रम हुने भएको छ । अस्पतालका अनुसार अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगे पनि बालबालिकाको गुणस्तरीय उपचारका लागि अत्यावश्यक मानिएको एमआरआई र सिटी स्क्यान मेसिन अभावमा अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी रहेको छ ।

    images
    images

    किओचको निर्माणाधीन अस्पतालका लागि आवश्यक एमआरआई र सिटी स्क्यान मेसिन खरिद अभियानमा हालसम्म दुई करोड २४ लाख ७३ हजार ३३३ रुपैयाँभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त भएको अस्पतालले जनाएको छ ।डा भगवान कोइरालाको नेतृत्वमा देशका ७ प्रदेशमा ७ वटा  बाल अस्पताल बनाउने लक्ष्य लिइएको छ। यो अस्पतालले विशेषगरी जटिल रोगबाट ग्रसित बालबालिकाहरूका लागि स्वदेशमै उपचारको ढोका खोल्नेछ। अस्पतालले नेपालमा विशेषज्ञ बाल स्वास्थ्य सेवाको अभावलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ। यस कार्यमा गुरुङको सहयोगले ठुलो मद्दत पुगेको अस्पताल प्रशासन बताउँछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend