images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • अनुमानभन्दा तीव्र गतिमा फैलिँदै इबोला, १...

अनुमानभन्दा तीव्र गतिमा फैलिँदै इबोला, १ हजारभन्दा बढी सङ्क्रमित भएको आशङ्का

अनुमानभन्दा तीव्र गतिमा फैलिँदै इबोला, १ हजारभन्दा बढी सङ्क्रमित भएको आशङ्का

images
images
मंगलवार, जेठ ५ २०८३
मंगलवार, जेठ ५ २०८३
  • कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (कङ्गो डीआर) मा कम्तीमा १३१ जनाको ज्यान लिइसकेको इबोलाको प्रकोप सुरुमा अनुमान गरिएभन्दा निकै छिटो फैलिरहेको हुनसक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की एक प्रतिनिधिले चेतावनी दिएकी छन्।डा. एनी अन्सियाले बीबीसीसँग कुरा गर्दै एजेन्सीले जति धेरै अनुसन्धान गरिरहेको छ, त्यति नै यो रोग अन्य क्षेत्रमा पनि फैलिएको स्पष्ट हुँदै गएको बताइन्।अधिकारीहरूका अनुसार मंगलबारसम्म कंगोमा ५१३ भन्दा बढी सम्भावित सङ्क्रमित फेला परेका छन् भने छिमेकी राष्ट्र युगान्डामा एक जनाको मृत्यु भएको छ।

    images
    images

     लन्डनस्थित एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सियस डिजिज एनालाइसिसले सोमबार सार्वजनिक गरेको मोडलिङअनुसार सङ्क्रमितको सङ्ख्या उल्लेखनीय रूपमा कम पत्ता लागेको हुन सक्छ। उक्त संस्थाले यसअघि नै एक हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेको हुनसक्ने सम्भावनालाई नकार्न नसकिने जनाएको छ।अध्ययनले वर्तमान प्रकोप अहिले यकिन गरिएभन्दा धेरै ठुलो रहेको र यसको वास्तविक आकार अझै अनिश्चित रहेको औँल्याएको छ।रेडक्रसले समयमै सङ्क्रमितको पहिचान नभए, समुदायमा जानकारीको अभाव भए र स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएमा इबोला तीव्र रूपमा फैलिन सक्ने चेतावनी दिँदै हालको प्रकोपमा 'हामीले ती सबै अवस्थाहरू देखिरहेका छौँ' भनेको छ।

    सोमबार साँझ बसेको सङ्कटकालीन बैठकपछि कङ्गोका राष्ट्रपति फेलिक्स सिसेकेडीले मंगलबार शान्त रहन अपिल गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरे।गत साता यस प्रकोपलाई अन्तर्राष्ट्रिय आपत्काल घोषणा गरेका डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले आफू महामारीको स्तर र फैलावटको गतिलाई लिएर गहिरो चिन्तामा रहेको बताए।अप्रिल २४ मा पहिलोपटक पत्ता लाग्नुभन्दा कैयौँ साता अघिदेखि नै यो प्रकोप सुरु भएको हुनसक्ने आशङ्का गरिएको छ।हाल फैलिरहेको इबोला भाइरसको प्रजातिका लागि कुनै खोप उपलब्ध छैन, तर डब्ल्युएचओले अन्य औषधिहरूले सुरक्षा प्रदान गर्न सक्छन् कि भनेर मूल्याङ्कन गरिरहेको छ।प्रकोपको केन्द्रबिन्दु धेरै मानिसहरूको आवतजावत हुने अत्यन्तै असुरक्षित क्षेत्र भएकाले एजेन्सीलाई अनुसन्धान गर्न र रोग नियन्त्रणमा मद्दत गर्न कठिन भइरहेको छ।

    images
    images

    डा. अन्सियाले थपिन्, ‘हामीले यो प्रकोपको जति धेरै अनुसन्धान गरिरहेका छौँ, यो कम्तीमा पनि सीमापारि र अन्य प्रान्तहरूमा फैलिसकेको कुरा त्यति नै महसुस गरिरहेका छौँ।’यो प्रकोप दक्षिण किभु प्रान्तमा पनि फैलिएको छ, जहाँको जनसङ्ख्या वर्षौँदेखि मानवीय संकटबाट प्रभावित रहेको उनले बताइन्।कङ्गोको पूर्वी क्षेत्रको सबैभन्दा ठुलो सहर गोमामा पनि एक जनामा सङ्क्रमण देखिएको छ। करिब ८ लाख ५० हजार जनसङ्ख्या रहेको यो सहर रुवाण्डा समर्थित विद्रोहीहरूको नियन्त्रणमा छ।धेरै प्रान्तहरूमा रहेको उच्च असुरक्षाका कारण मानिसहरू बारम्बार बसाइँसराइ गरिरहने हुँदा भाइरसको जोखिम र फैलावट झनै बढेको डा. अन्सियाले बताइन्।विभिन्न अफ्रिकी देशहरूले सीमा नाकामा परीक्षणमा कडाइ गर्दै र स्वास्थ्य सुविधाहरू तयार गर्दै सावधानी अपनाइरहेका छन्। छिमेकी राष्ट्र रुवाण्डाले कंगोसँगको आफ्नो सीमा बन्द गरेको छ भने युगान्डाले मानिसहरूलाई अङ्कमाल नगर्न र हात नमिलाउन आग्रह गरेको छ।

    सप्ताहान्तमा लक्षणहरू देखिएपछि मिसनरी समूहका डाक्टर पिटर स्टाफर्ड मानिएका एक अमेरिकी नागरिकलाई कङ्गोबाट उद्धार गरिँदै छ।जर्मनीको स्वास्थ्य मन्त्रालयले ती अमेरिकी नागरिकलाई उपचारका लागि आफ्नो देश लगिन लागेको बीबीसीलाई जानकारी दिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जोखिममा परेका अन्य कम्तीमा छ जना अमेरिकीहरूको उद्धारका लागि काम गरिरहेको जनाएको छ।डब्ल्युएचओ र अन्य एजेन्सीहरूले भाइरसको फैलावट रोक्न सरकार र समुदायसँग मिलेर काम गरिरहेका छन्। उनीहरूले स्थानीय बासिन्दालाई रोकथामका उपायहरू अपनाउन र कुनै लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा खबर गर्न आग्रह गरेका छन्।इबोला भाइरसका कारण लाग्ने रोग हो र यसले सुरुमा ज्वरो आउने, टाउको दुख्ने र थकान महसुस हुने जस्ता फ्लुसँग मिल्दाजुल्दा लक्षणहरू देखाउँछ। रोग बढ्दै जाँदा बान्ता हुने र पखाला लाग्ने हुन्छ भने यसले शरीरका अंगहरू फेल गराउन सक्छ। केही बिरामीहरूमा आन्तरिक र बाह्य रक्तस्राव पनि हुने गर्छ। यो भाइरस सङ्क्रमित व्यक्तिको रगत वा बान्ता जस्ता शारीरिक तरल पदार्थको सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ।

    हालको सङ्क्रमण बढाउन जिम्मेवार 'बुन्डिबुग्यो' नामक भाइरसको प्रजाति दुर्लभ मानिन्छ। यसअघि यसले केवल दुई पटक मात्र प्रकोपको रूप लिएको थियो, जसमा सङ्क्रमितमध्ये करिब एक तिहाइको ज्यान गएको थियो।सन् २०१४ देखि २०१६ को बिचमा पश्चिम अफ्रिकामा २८ हजार ६ सयभन्दा बढी मानिस इबोलाबाट सङ्क्रमित भएका थिए, जुन सन् १९७६ मा भाइरस पत्ता लागे यताकै सबैभन्दा ठुलो प्रकोप थियो। उक्त प्रकोप ‘जाइरे’ प्रजातिका कारण फैलिएको थियो, जसको लागि हाल स्वीकृत खोप उपलब्ध छ।  समयमा यो रोग पश्चिम अफ्रिका र त्यसभन्दा बाहिर गिनी, सिएरा लियोन, अमेरिका, बेलायत र इटाली लगायतका देशहरूमा फैलिँदा ११ हजार ३ सय २५ जनाको मृत्यु भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend