images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित

images
images
सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • काठमाडौँ । नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

    images
    images

    उनका अनुसार जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो। महासभाको सोही सत्रमा आजै नेपालका तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए। स्वास्थ्यमन्त्रीको नेतृत्वमा आइतबार नेपाली प्रतिनिधिमण्डल जेनेभा गएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend