images

२०८३ आश्विन १९ गते

images
images
images

नेपाल राष्ट्र बैंकको लचिलोपन कायम

नेपाल राष्ट्र बैंकको लचिलोपन कायम

images
images
आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हालको लचिलो (खुकुलो) नीतिलाई निरन्तरता दिएको छ। अर्थतन्त्रले अपेक्षाअनुसार गति लिन नसकेको निष्कर्ष सहित केन्द्रीय बैंकले तत्काल कुनै कडाइ नगर्ने संकेत गरेको छ।

    images
    images

    नेपाल राष्ट्र बैंक ले बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा ब्याजदर करिडोरमा कुनै परिवर्तन नगरेको जनाएको छ। यसले निकट भविष्यमा ब्याजदरमा ठूलो उतारचढाव नआउने अपेक्षा गरिएको छ।

    पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज भए पनि कर्जा विस्तार भने सुस्त रहेको देखिएको छ। निक्षेप वृद्धि भइरहे पनि निजी क्षेत्रले अपेक्षाअनुसार ऋण लिएर लगानी विस्तार गर्न नसकेको अवस्था कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

    images
    images

    समीक्षा  अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। प्रतिकूल मौसम र प्राकृतिक विपद्को असरले कृषि क्षेत्र कमजोर बने पनि उद्योग र सेवा क्षेत्रमा भने सामान्य सुधारको संकेत देखिएको छ।

    राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तर स्थिति सुधार भएको छ। यसले बाह्य क्षेत्र हाल तुलनात्मक रूपमा सहज अवस्थामा रहेको देखाएको छ।

    तर केन्द्रीय बैंकले विश्वव्यापी भूराजनीतिक तनावलाई प्रमुख जोखिमका रूपमा औँल्याएको छ। विशेषगरी पश्चिम एसियामा बढ्दो तनावले पेट्रोलियम मूल्य, आयात खर्च र विप्रेषणमा असर पार्न सक्ने चेतावनी दिइएको छ।

    हाल वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.४० प्रतिशत र कर्जाको औसत ब्याजदर ६.७७ प्रतिशत कायम रहेको छ। ब्याजदर घटे पनि निजी क्षेत्रको लगानी विस्तार अपेक्षित रूपमा अघि बढ्न नसकेको राष्ट्र बैंकको निष्कर्ष छ।

    समग्रमा राष्ट्र बैंकले अर्थतन्त्रलाई थप दबाब दिनुभन्दा सहारा दिने नीति अपनाएको देखिए पनि सुस्त आर्थिक गतिविधि, कमजोर कर्जा विस्तार र बाह्य जोखिमका कारण आगामी महिनाहरूमा चुनौती भने कायमै रहने समीक्षा प्रतिवेदनले संकेत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend