images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’...

कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा

कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा

images
images
आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ, ३ जेठ । कवि सुशान्त विकद्वारा रचित दलित समुदायको भोगाइ समेटिएको अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आएको छ ।

    images
    images

    भारतको बुक प्रेसले हालै प्रकाशन गरेको उक्त कविता सङ्ग्रह बजारमा आएको हो । ‘एमेजोन अनलाइन पोर्टल’मा राखिएको विकका १०८ पृष्ठको उक्त सङ्ग्रहमा ६२ वटा कविता छन् ।

    गुलरियाका विकले लामो समयदेखि अङ्ग्रेजीमा कविता रचना गर्दै आउनुभएको छ । अङ्ग्रेजी भाषामा तुलनात्मक रूपमा कम मात्रामा रचना कोरिने गरिन्छ । उहाँका कविता र लेखहरू राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्ग्रह, पत्रपत्रिका र ‘अनलाइन’ माध्यमहरूमा प्रकाशित भइसकेका छन् । ‘प्यान्डामिक पोयट्री’, ‘हाइपरपोयम’, र ड्युयट्स अफ प्लुरल डुओ—लर्स’ नामक अन्तरराष्ट्रिय कविता सङ्ग्रहमा उनले लेख्नुभएका कविताहरू पनि समावेश गरिएका छन् ।  

    images
    images

    विक कवितालाई मौन आवाजहरूको प्रतिबिम्बका रूपमा लिने गरेको बताएका छन् । त्यसैले उनले आफ्न सिर्जनामा मौन र उपेक्षितहरूको आवाज उजागर गर्ने प्रयत्न गरेको सुनाएका छन् । “दलित समुदायले भोग्नुपरेको सामाजिक यथार्थ यस पुस्तकमा चित्रित गरिएको छ र यसको समग्र सन्देश पुनर्जागरण तथा रूपान्तरण हो”, विकले भने ।

    कवि विकले आफ्ना रचनामा राज्यले दलित समुदायमाथि थोपरेको विभेद र त्यसको चपेटामा उक्त समुदायले भोग्नु परेको परिणामलाई मानवीय संवेदनाको दृष्टि राखेर कविता रचेको बताएका छन् । सरकारले नीति र संरचना बनाएर दलितमाथि अपमाजनक व्यवहार गरेकामा कवितामार्फत उहाँले आलोचना गरेका छन् । उनले भने, “मेरो कविताले सीमान्तकृत समुदायको पीडा उजागर गर्नाका साथै सामाजिक न्यायको पक्षमा समेत वकालत गरेको छ ।” उनले समाजको बेथितिलाई रचनात्मक ढङ्गले निरुत्साहित गर्न कविता सुन्दर माध्यम हुने गरेको धारणा राखेका छन् । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend