images

२०८३ आश्विन १६ गते

images
images
images

सीटीईभीटीका उपाध्यक्ष सफिउल्लाहको राजीनामा

सीटीईभीटीका उपाध्यक्ष सफिउल्लाहको राजीनामा

images
images
आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ, ३ जेठ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष मोहम्मद सफिउल्लाह ले पदबाट राजीनामा दिएका छन्।

    images
    images

    ‘हटाउने तयारीमा रहेका उपाध्यक्षले रोकिएको सम्बन्धन दिन दौडधुप’ शीर्षकमा समाचार प्रकाशित भएपछि उपाध्यक्ष सफिउल्लाहले राजीनामा दिएको जनाइएको छ। समाचार प्रकाशित भएकै दिन उनले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल समक्ष राजीनामा बुझाएका हुन्।

    राजीनामा दिए पनि सीटीईभीटीको आधिकारिक वेबसाइटमा भने अझैसम्म उनको नाम हटाइएको छैन। उच्च स्रोतका अनुसार राजीनामापछि सफिउल्लाहले “मलाई तपाईंहरूले चिन्न सक्नुभएन, अहिले मैले राजीनामा दिएको छु” भन्ने प्रतिक्रिया दिएका थिए।

    images
    images

    उनको राजीनामासँगै सीटीईभीटी उपाध्यक्ष विहीन बनेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend