images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • झिनो अंकले बढ्यो नेप्से परिसूचक,कारोबार ३...

झिनो अंकले बढ्यो नेप्से परिसूचक,कारोबार ३ अर्बमा सिमित

झिनो अंकले बढ्यो नेप्से परिसूचक,कारोबार ३ अर्बमा सिमित

images
images
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज १.७७ अंकले बढेको हो ।आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७३१.९४ विन्दुमा पुगेको छ । आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको सेयर मूल्य घटेको छ । आज २२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स पनि ०.३४ अंकले बढेर ४६७.५५ विन्दुमा पुगको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेको छ । परिसूचक बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । आज सेयर बजारमा ३३८ कम्पनीका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर ४३ हजार ६७४ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend