images

२०८३ आश्विन १८ गते

images
images
images

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज ४५ अर्ब निक्षेप खिच्दै

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज ४५ अर्ब निक्षेप खिच्दै

images
images
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज शुक्रबार फेरि ४५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिने क्रम जारी रहेपछि केन्द्रीय बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत यो रकम खिच्न लागेको हो। हाल वित्तीय प्रणालीमा कुल निक्षेप साढे ७७ खर्ब रुपैयाँभन्दा बढी पुगिसकेको अवस्थामा ब्याजदरलाई व्यवस्थित राख्न बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत निरन्तर तरलता प्रशोचन गर्दै आएको छ।यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थाहरूलाई प्राथमिकतामा राखिनेछ। अनलाइन खरिद प्रणालीमार्फत हुने यस बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था छ

    images
    images

    । आज संकलन गरिने यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८३ असार १२ गते हुने राष्ट्र बैंकले जानकारी दिएको छ। केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बढीमा ६ महिना अवधिसम्मका लागि यस्ता उपकरणहरू प्रयोग गरी ब्याजदर सन्तुलनमा राख्ने गरिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend