images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • मौरीपालनबाट मनग्य आम्दानी गर्दै घोराहीका...

मौरीपालनबाट मनग्य आम्दानी गर्दै घोराहीका घर्ती

मौरीपालनबाट मनग्य आम्दानी गर्दै घोराहीका घर्ती

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  •  काठमाडौं ।  दाङ- घोराही उपमहानगरपालिका- १८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन् । लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो ।

    images
    images

    हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आउएका छन् ।

    मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनले घरबाटै मह बिक्री हुनेगरेको छ । वार्षिक रु १६ लाखको कारोबार गरिरहनुभएका पौरखी घर्तीले रु सात लाख बचत हुने बताए । एक किलो मह रु पाँच सयमा बिक्री गर्दै आएको उनदे सुनाए ।

    images
    images

    वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए ।

    गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उनी बताउँछन् । मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ ।

    बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उनी बताउँछन् । यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको उनले बताए । मौरी चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उनले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend