images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी...

सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा ५० मेगावाट क्षमताको 'मस्र्याङ्दी बेसी जलविद्युत आयोजना' निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रवद्र्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेड र ऋण लगानी गर्ने बैंकहरूबीच सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो ।लमजुङको मस्र्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिकामा निर्माण हुने यस आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ । आयोजनामा ऋण र स्वपूँजीको अनुपात ६७:३३ रहने गरी वित्तीय व्यवस्थापन गरिएको छ । जसअनुसार सहवित्तीयकरणमा सहभागी बैंकहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी ३३ प्रतिशत रकम प्रवद्र्धकहरूले लगानी गर्नेछन् ।

    images
    images

    आयोजनालाई आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको उदीपुरस्थित सबस्टेशनमा जोडिनेछ । कम्पनीका अनुसार यस आयोजनाबाट वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ, जसमध्ये हिउँदमा ११२.०९९ र वर्षायाममा २००.५०३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने लक्ष्य छ ।सम्झौता कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै आएको बताए । उनले हालसम्म बैंकले एकल तथा सहवित्तीयकरणमार्फत कुल ४२ वटा जलविद्युत आयोजनाहरूमा लगानी गरेको जानकारी दिए । यी आयोजनाहरूको कुल क्षमता १,६०५.२२६ मेगावाट रहेको छ । 

    सिटिजन्स बैंकले मात्रै १८ वटा आयोजनामा एकल र बाँकी आयोजनाहरूमा अगुवा वा सहभागी बैंकका रूपमा लगानी गरेको छ ।दिव्यज्योति हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतिश न्यौपानेले आयोजनाको निर्माणका लागि आवश्यक सबै कानुनी प्रक्रिया तथा पूर्वतयारी पूरा भइसकेकाले समयमै काम सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend