images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन...

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौँ, ३१ वैशाख । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    images
    images

    कम्पनीले हाल कायम १०० कित्ता शेयर बराबर १० कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    images
    images

    हकप्रद निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपाल लिमिटेड ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरूले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंक लिमिटेड का तोकिएका शाखा कार्यालय, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै,मेरो शेयर मार्फत सी–आस्वा प्रणाली प्रयोग गरी अनलाइन आवेदन पनि दिन सकिनेछ।

    हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend