images

२०८३ आश्विन १७ गते

images
images
images

बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग

बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • महेन्द्रनगर, ३१ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् ।
     
    शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गौला खराब गएर उपचारत रहेकै बेला उहाँका १९ वर्षीय छोरा रोहित रानालाई ‘ब्लड क्यान्सर’ देखिएपछि स्थानीयले सहयोगको याचना गरिरहका छन् ।

    images
    images

    स्थानीय मेनका सिंहले आर्थिक अवस्था कमजोर रहेका राना बाबुछोराको जीवन रक्षाका लागि सहयोग अभियान सञ्चालन गरिएको बताउनुभयो । “बुबा–छोरा जटिल स्वास्थ्य समस्याबाट ग्रसित भएपछि परिवारको बिचल्ली हुने अवस्था उत्पन्न भएको छ”, उनले भनेका छन्, “दुवै जनाको जीवन बचाउन सकिने आशाले सबैसित सहयोगको अपेक्षा गरेर अभियान सुरु गरेका छौँ ।”

    शुक्लाफाँटा नगरपालिका–१ का वडासदस्य दीनाराम रानाले बुबाछोराको उपचारमा सहयोग गर्न गाउँमा सबैसित आग्रह गरिएको बताउनुभयो । “बुबा महेन्द्र राना विगत छ–सात महिनादेखि दुवै मिर्गौला खराब भएर धनगढीमा उपचाररत हुनुहुन्छ । यहीबीचमा गत फागुनमा छोरा रोहितलाई पनि ब्लड क्यान्सर जस्तो समस्या देखिएपछि हाल काठमाडाँैमा उपचार हुँदैछ”, उनले भनेका छन् । 

    images
    images

    वडासदस्य रानाले परिवारका अन्य सदस्यले उपचार खर्च धान्न सक्ने अवस्था नरहेकाले दुवै जनाको ज्यान जोगाउन सबैबाट सहयोगको अपेक्षा रहेको बताएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend