images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल...

प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल नियुक्त

प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल नियुक्त

images
images
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौं । प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर रबिन्द्र ढकाल प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन्।प्रभु स्टक मार्केट लिमिटेडको सञ्चालक समितिको वैशाख २५ गते बसेको ६३औं बैठकले ढकाललाई अध्यक्ष पदमा चयन गरेको हो। नयाँ अध्यक्षको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफूलाई प्रतिस्पर्धी तथा विश्वसनीय स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्दै लगानीकर्ताहरूलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    प्रभु बैंक लिमिटेडका चिफ म्यानेजरको रूपमा कार्यरत ढकालको बैंकिङ क्षेत्रमा लामो अनुभव छ। उनी अब प्रभु समूह अन्तर्गतको स्टक ब्रोकर कम्पनीको नेतृत्व सम्हाल्न लागेका हुन्।प्रभु बैंक लिमिटेडले नेपालभर ३०० शाखा कार्यालय, २६१ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले करिब ३६ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।यो नियुक्तिले प्रभु समूहको बैंकिङ तथा पूँजीबजार क्षेत्रबीचको समन्वयलाई थप मजबुत बनाउने र लगानीकर्ताहरूका लागि थप भरपर्दो सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend