काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार सामान्य अंकले घटेको हो ।बुधबार नेप्से परिसूचक ४.१५ अंक (०.१५ प्रतिशत) ले घटेर २,७४०.२५ विन्दुमा पुगेर बजार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३९.४४ अंक (१.४१ प्रतिशत) ले घटेर २,७४४.४० विन्दुमा पुगेर बजार बन्द भएको थियो ।बुधबार बजारमा कुल ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयर ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।
बुधबार कारोबार भएका कम्पनीहरूमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।यस्तै, सर्वाधिक नाफा कमाउने पहिलो कम्पनीमा एसियन हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ११.४२ प्रतिशतले बढेको छ । यसैगरी बढी कमाउने कम्पनीमा क्रमशः एसवाई प्यानल नेपाल, हिमालयम बैंक लि. बोण्ड २०८६, एनआईसी एसिया ग्रोथ फण्ड–२, सेञ्चुरी डिवेञ्चर २०८८ रहेका छन् ।बुधबार सर्वाधिक मूल्य गुमाउने ५ कम्पनीमा धौलागिरी लघुवित्त वित्तीय संस्था, झापा इनर्जी लिमिटेड, १० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९०, रिजलाईन इनर्जी, आरबीबी फोकर ४०कम्पनी रहेका छन् ।




.gif)



