images

२०८३ आश्विन १८ गते

images
images
images

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

images
images
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

    images
    images

    कम्पनीले गत बैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २९ लाख ८२ हजार ४९८ जनाले कुल ३ करोड २४ लाख ७८ हजार २३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ४४ हजार ४१६ आवेदन रद्द भएका छन् भने २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन्।मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिएको छ । जसअनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । आईपीओको नतिजा केही बेरमा हेर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend