एम्स्टर्डम । हन्टाभाइरस प्रभावित क्रुज जहाज एमभी होन्डियसबाट सबै यात्रुको उद्धार गरिएको छ । क्रुज जहाजबाट अन्तिम दुई खेप यात्रु बोकेका दुई विमान नेदरल्याण्ड्स पुगेको छ । यसैबिच एक अस्पतालले संक्रमण जोखिमका कारण १२ जना कर्मचारीलाई सावधानीस्वरूप क्वारेन्टिनमा राखेको छ । नेदरल्यान्डको आइन्डहोभन विमानस्थलमा अवतरण गरेका दुई विमानले २८ जना यात्रु बोकेका थिए ।
यसमा ६ जना यात्रु र १९ जना क्रु मेम्बर पनि रहेको बताइएको छ । यसमा नेदरल्यान्ड र अन्य विभिन्न देश छन् । यिनीहरूलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरिएको अधिकारीहरूले जनाएका छन् । सबै यात्रु उतारेपछि एमभी होन्डियस सोमबार राति नेदरल्याण्ड्सतर्फ प्रस्थान गरेको छ । यसमा २५ जना चालकदल, एक डाक्टर र एक नर्स रहेका छन् । जहाज मे १७ सम्ममा नेदरल्याण्ड्स पुग्ने अपेक्षा गरिएको छ ।र्याडबाउड यूनिवर्सिटी मेडिकल सेंटरले ह्यान्टाभाइरस संक्रमित एक बिरामीको उपचारका क्रममा १२ जना कर्मचारीलाई सावधानीस्वरूप क्वारेन्टिनमा राखिएको जनाएको छ ।
अस्पतालका अनुसार रगत र पिसाबको नमूना ह्यान्डल गर्दा अद्यावधिक नभएका र कडा प्रोटोकल प्रयोग नगरिएको कारण यो कदम चालिएको हो । तर संक्रमणको जोखिम अत्यन्तै कम रहेको र अस्पतालको सेवा निरन्तर सञ्चालन भइरहेको बताइएको छ । उक्त अस्पतालले एमभी होन्यिडसमा हान्टाभाइरस संक्रमित एक यात्रुलाई मे ७ मा भर्ना गरेको थियो । अस्पताल प्रमुख बर्टिन लाहुइसले घटनाबारे विस्तृत अनुसन्धान गरी भविष्यमा यस्ता जोखिम रोक्ने प्रयास गरिने बताएकी छन् ।




.gif)





