images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता...

कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँः मन्त्री अधिकारी

कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँः मन्त्री अधिकारी

रोजगारी  सिलसिलामा विदेश जानुपर्ने बाध्यता हट्नेगरी मन्त्रालयले काम गरेको बताएका छन् ।

images
images
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • चितवन– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा लागेकाहरू रोजगारी  सिलसिलामा विदेश जानुपर्ने बाध्यता हट्नेगरी मन्त्रालयले काम गरेको बताएका छन् । 

    images
    images

    नेपाल किसान महासघं जिल्ला समिति चितवनले मंगलबार आयोजना गरेको किसानसँग अन्तरक्रियामा अधिकारीले कृषकको समस्या समाधान गर्दै विदेश पलायन हुने समस्या रोक्नेगरी काम गर्न लागेको बताए। 

    उनले भने, ‘किसान कर्म गर्नेहरू बाहिर जाने स्थिति र खाडीमा जानुपर्ने अवस्था नहोस् भनेर खाली जमिनको उपभोग गर्ने नीति सरकारले ल्याएको छ ।’ खाली जमिनमा माटो सुहाउँदा खेती गर्नेगरी मन्त्रालयले काम अघि बढाएको उनले बताए। 

    images
    images

    मन्त्री अधिकारीले किसानका समस्याहरू समाधान गर्न सरकार लागिपरेको स्पष्ट पार्दै कुनै पनि मन्त्रालय वा क्षेत्रमा कमजोरी गर्ने छुट यो सरकारलाई नभएको बताए। उनले दूधको आयात खोल्ने प्रक्रियामा सरकार नरहेको जानकारी दिँदै अहिले दुई ठूला दल सरकारमा रहेकाले कमजोरी गर्ने छुट कसैमा पनि नरहेको बताए । 

    सघंका जिल्ला अध्यक्ष नीलकण्ठ रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषक विष्णु अर्याल, गीता देवकोटा, किशोर बगाले, भरत घिमिरे, शिव शर्मा पौडेल, शालिग्राम पौडेल, परमजीवी ढकाल, विष्णुहरि पन्त लगायतले अहिले किसानले पाएका समस्या समाधान गर्न मन्त्रालय लाग्नुपर्ने जोड दिए ।

    उनीहरूले किसानलाई दिइएको अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको, विषादी नियन्त्रण गर्न नसकिएको, स्थानीय तहले जग्गा वर्गीकरण गर्दा जग्गाको उपयोगिता र आवश्यकतालाई ध्यान दिन नसकेको, नेपाली उत्पादनले बजार पाउन नसकेको जस्ता समस्या राखेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति राजीप न्यौपाने, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीत नारायण श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशी लगायतले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि आग्रह गरेका थिए । उत्पादन हेरेर अनुदान दिनसके वास्तविक किसान लाभान्वित हुने उनीहरूको भनाइ थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend