images

२०८३ आश्विन २० गते

images
images
images

फिल्म निर्माणमा लागे सलोन, ‘रंगी’को छायाङ्न सुरु

फिल्म निर्माणमा लागे सलोन, ‘रंगी’को छायाङ्न सुरु

images
images
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौं ।  नायक सलोन बस्नेतले फिल्म निर्माणमा हात हालेका छन् । उनी प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को छायाङ्कन मंगलबारबाट सुरु भएको छ ।

    images
    images

    ३० दिनमा सक्ने लक्ष्य लिएर निर्माण पक्ष छायाङ्कनमा निस्किएको हो । यस फिल्ममा सलोनको पनि अभिनय रहेको छ । उनीसहित नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी मुख्य भूमिकामा रहेको बताइएको छ ।

    विशेष गरी सहायक भूमिकामा रुचाइएका सलोनले निर्माण गर्न लागेको यो नै पहिलो फिल्म हो । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यही फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्दै छन् ।

    images
    images

    सुरेशसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।गत भदौ २४ गते नै यस फिल्मको टाइटल पोस्टर सार्वजनिक भएको थियो । जुन पोस्टरमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ ।

    सोसल ड्रामा जनरामा बन्ने यस फिल्मले बाबु-छोरीको कथा प्रस्तुत गर्ने सलोनको भनाइ छ । यसको कथा सुमन गजमेरले लेखेका हुन् । लगानी भने सक्षम सुबेदीको रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend