images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई...

प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार

प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार

images
images
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • पाेखरा । प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौँको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ ।पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिसँगै आधारभूत अस्पतालमा बढाइएको विशेषज्ञसहितको सेवाका कारण उक्त सङ्ख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले बताए ।

    images
    images

    गण्डकी प्रदेश सरकारले २०७६ सालदेखि जोखिमममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार सुरु गरेकामा यो सुविधा त्यस वर्ष १० जनाले लिएका थिए ।त्यसैगरी, २०७७ मा ३३, २०७८ मा आठ, २०७९ मा पाँच, २०८० मा चार, २०८१ मा एक र २०८२ यता हालसम्म छ जनाले सुविधा लिएको उनले जानकारी दिए ।जिल्लागत रुपमा २०७६ यता निःशुल्क हवाई उद्धार सेवा लिनेमा सबैभन्दा बढी बागलुङबाट ३० जनाले यो सेवा लिएका छन् भने म्याग्दीबाट १८, गोरखाबाट छ, मुस्ताङबाट पाँच, लमजुङबाट चार एवम् मनाङ र पर्वतबाट दुई/दुई जना गरी कुल ६७ जनाले सेवा लिएको उनले जानकारी दिए ।

    गण्डकी प्रदेश सरकारले २०७६ सालमा यो सेवा सुरु गर्नुअघि मन्त्रिपरिषद्को निर्णयअनुसार थप चार जनाले यो सुविधा लिएका अधिकारीले बताए ।गण्डकी प्रदेश सरकारले जोखिमममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धारलाई व्यवस्थित एवं प्रभावकारी बनाउन २०८० मा कार्यविधि ल्याएको हो ।प्रदेश सरकारले गण्डकी प्रदेशका १६ वटा अस्पतालको स्तरोन्नति गर्नुका साथै आधारभूत अस्पतालमा विशेषज्ञसहितको सेवा उपलब्ध गराएपछि स्वास्थ्य सेवाका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको तथ्याङ्क अधिकृत अधिकारीले बताए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend