images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • नेपाल लाइफको २५औँ वार्षिकोत्सवः देशभर रक्तदान...

नेपाल लाइफको २५औँ वार्षिकोत्सवः देशभर रक्तदान र निःशुल्क स्वास्थ्य शिविर

नेपाल लाइफको २५औँ वार्षिकोत्सवः देशभर रक्तदान र निःशुल्क स्वास्थ्य शिविर

images
images
बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौँ, २३ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा देशभर बृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै वैशाख २१ र २२ गते विभिन्न विशेष कार्यक्रम सञ्चालन गरेको हो।

    images
    images

    कम्पनीको प्रधान कार्यालयमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट कुल ६०१ जनाले लाभ लिएका छन्। शिविरमा ईसीजी, थाइराइड, सुगर, रक्तचाप (प्रेसर) र कोलेस्ट्रोल जस्ता परीक्षणका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्रदान गरिएको थियो।

    यसै अवसरमा, कम्पनीले सातै प्रदेशका १३ स्थानमा सञ्चालन गरेको रक्तदान कार्यक्रममार्फत ५०५ पिन्ट रगत संकलन गरिएको जनाएको छ। वार्षिकोत्सव कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले कम्पनीलाई यो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विश्वास र सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend