images

२०८३ आश्विन १८ गते

images
images
images

नेपाल राष्ट्र बैंकले ७ अर्ब ३० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले ७ अर्ब ३० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

images
images
सोमवार, बैशाख २१ २०८३
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौँ, २१ वैशाख । नेपाल राष्ट्र बैंकले ७ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम सुरक्षित रूपमा परिचालन गर्न उक्त लगानी गर्न लागिएको हो ।

    images
    images

    केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई यही बैशाख २३ गतेभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।

    राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ५ अर्ब ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ३६ करोड ५० लाख रुपैयाँ लगानी गरिनेछ ।

    images
    images

    आवेदन दिने संस्थाले न्यूनतम पुँजीकोष कायम राखेको हुनुपर्ने, निष्क्रिय कर्जा सापटी ८ प्रतिशत ननाघेको तथा खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा कम हुनुपर्ने शर्त तोकिएको छ ।

    संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदरसमेत उल्लेख गरी आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend