images

२०८३ आश्विन १८ गते

images
images
images

विकास बैङ्कको उल्लेखनीय नाफा वृद्धि

विकास बैङ्कको उल्लेखनीय नाफा वृद्धि

images
images
सोमवार, बैशाख २१ २०८३
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौँ, २१ वैशाख । राष्ट्रियस्तरका विकास बैङ्कहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेका छन्।

    images
    images

    चैत मसान्तसम्म आठ विकास बैङ्कले कुल पाँच अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा यी बैङ्कहरूको कुल नाफा तीन अर्ब ६९ करोड २७ लाख रुपैयाँ रहेको थियो।

    नाफाको आधारमा गरिमा विकास बैङ्क अग्रस्थानमा रहेको छ। समीक्षा अवधिमा बैङ्कले एक अर्ब चार करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२.९१ प्रतिशतले बढी हो।

    images
    images

    त्यसैगरी मुक्तिनाथ विकास बैङ्कले ९४ करोड २६ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ७८ करोड ८४ लाख रुपैयाँ र ज्योति विकास बैङ्कले ६२ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

    यस्तै कामना सेवा विकास बैङ्कले ५८ करोड ८६ लाख रुपैयाँ, लुम्बिनी विकास बैङ्कले ५६ करोड १६ लाख रुपैयाँ, साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले ४८ करोड ४५ लाख रुपैयाँ र महालक्ष्मी विकास बैङ्कले ४५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका छन्।

    नाफा वृद्धिदरका आधारमा भने लुम्बिनी विकास बैङ्क सबैभन्दा अगाडि देखिएको छ। बैङ्कको नाफा अघिल्लो वर्षको तुलनामा १०२८.२५ प्रतिशतले वृद्धि भएको छ।

    त्यसैगरी ज्योति विकास बैङ्कको नाफा १०५.३ प्रतिशतले र शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको नाफा ५३.३८ प्रतिशतले बढेको छ। गरिमा विकास बैङ्कको ४२.९१ प्रतिशत, मुक्तिनाथको ३०.०४ प्रतिशत, कामना सेवाको १९.३७ प्रतिशत, साङ्ग्रिलाको ११.५९ प्रतिशत र महालक्ष्मीको ५.३६ प्रतिशतले नाफा वृद्धि भएको छ।

    विकास बैङ्कहरूको नाफामा भएको यो उल्लेखनीय वृद्धि बैंकिङ क्षेत्रको सुधार, कर्जा विस्तार र व्यवस्थापन क्षमतामा आएको मजबुतीको संकेतका रूपमा हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend