images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • सरकारको ठूलो निर्णयस् हजारौँ पदाधिकारी हटाइए,...

सरकारको ठूलो निर्णयस् हजारौँ पदाधिकारी हटाइए, राष्ट्र बैंक जोगियो

सरकारको ठूलो निर्णयस् हजारौँ पदाधिकारी हटाइए, राष्ट्र बैंक जोगियो

images
images
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • काठमाडौं, २० वैशाख । सरकारले ल्याएको “सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” कार्यान्वयनमा आएसँगै राजनीतिक नियुक्तिबाट आएका १ हजार ५९४ पदाधिकारी एकैपटक पदमुक्त भएका छन्। तर नेपाल राष्ट्र बैंक यस निर्णयबाट प्रभावित नभएको देखिएको छ।

    images
    images

    Reseve Bank Of India.jpg

    अध्यादेश लागू भएसँगै विभिन्न सरकारी निकायमा नियुक्त गरिएका पदाधिकारीहरू पदमुक्त भए पनि विश्व पौडेल नेतृत्वको राष्ट्र बैंकका गभर्नर तथा सञ्चालकहरू यथावत् रहेका छन्। त्यस्तै बैंकिङ क्षेत्रअन्तर्गत राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड तथा कृषि विकास बैंक मा नियुक्त सञ्चालकहरू पनि पदमुक्त हुनबाट जोगिएका छन्।

    images
    images

    Reseve Bank Of India.jpg

    शनिबार रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका थिए। सरकारका अनुसार प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

    Reseve Bank Of India.jpg

    बालेन्द्र शाह नेतृत्वको सरकारले राज्य संयन्त्रमा नयाँ ऊर्जा थप्ने र कार्यसम्पादनमा सुधार ल्याउने लक्ष्यसहित अध्यादेश ल्याएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend