images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रहरी कार्यालयको जग खन्दा ८६ थान...

प्रहरी कार्यालयको जग खन्दा ८६ थान बम फेला

प्रहरी कार्यालयको जग खन्दा ८६ थान बम फेला

images
images
शनिवार, बैशाख १९ २०८३
शनिवार, बैशाख १९ २०८३
  • सुर्खेत । जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ।

    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीका अनुसार उत्खननका क्रममा ८६ थान बम बरामद गरिएको हो। तीमध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम रहेका छन्।

    शारदा नगरपालिका–३ स्थित कार्यालय परिसरमा शंकास्पद वस्तु देखिएपछि सुरक्षामा विशेष सतर्कता अपनाइएको थियो। त्यसपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले थप उत्खनन गर्दा अन्य विस्फोटक सामग्री समेत फेला परेको हो।

    images
    images

    टोलीले सात थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, बम निर्माणमा प्रयोग हुने झन्डै दुई केजी सामग्री तथा १० मिटर फायरिङ केबल समेत बरामद गरेको जनाएको छ।

    घटनापछि उक्त क्षेत्रलाई सुरक्षा घेरामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend