काठमाडौँ, १८ वैशाख । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीहरूले नेपाल बैंकको काठमाडौँ बैङ्किङ अफिस शाखामार्फत व्यक्तिगत आवश्यकताका लागि अधिकतम १५ लाख रुपैयाँसम्मको बिनाधितो सेवाग्राही कर्जा सुविधा प्राप्त गर्न सक्ने भएका छन्।
यस सम्झौताबाट कम्पनीका कर्मचारीहरूले एकै स्थानबाट आफ्ना वित्तीय आवश्यकताहरू पूरा गर्न सक्ने, समय बचत हुने तथा दुई संस्थाबीचको सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ।
नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्पन्न सम्झौतामा बैंकका तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कँडेल तथा राष्ट्रिय बिमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक डा. सिर्जना पन्तले हस्ताक्षर गरेका हुन्।




.gif)





