images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • मेरो माइक्रोफाइनान्सको ९ महिनामा १४.८५ करोड...

मेरो माइक्रोफाइनान्सको ९ महिनामा १४.८५ करोड नाफा, खराब कर्जा भने बढ्दो

मेरो माइक्रोफाइनान्सको ९ महिनामा १४.८५ करोड नाफा, खराब कर्जा भने बढ्दो

images
images
शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • काठमाडौं, १८ वैशाख । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (९ महिना) सम्म १४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    images
    images

    समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ८० करोड ८० लाख रुपैयाँबाट बढेर ९१ करोड ९३ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि १८ करोड ४६ लाख रुपैयाँबाट वृद्धि भई २१ करोड २२ लाख रुपैयाँ पुगेको छ। यसैगरी, वितरणयोग्य मुनाफा ८ करोड ५५ लाख रुपैयाँबाट बढेर ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

    कम्पनीको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्षको तेस्रो त्रैमाससम्म ७३ करोड ८२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आवको सोही अवधिमा ८३ करोड २३ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा भएको वृद्धि नै नाफा बढ्नुको प्रमुख कारण रहेको देखिन्छ।

    images
    images

    तर, कम्पनीको खराब कर्जा (NPL) भने उल्लेख्य रूपमा बढेर चिन्ताजनक अवस्थामा पुगेको छ। गत वर्ष ९.४९ प्रतिशत रहेको खराब कर्जा चालु आवको चैत मसान्तसम्म १८.८४ प्रतिशत पुगेको छ।

    प्रति सेयर आम्दानी (EPS) १२.१५ रुपैयाँबाट बढेर १३.३३ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ १५१.८७ रुपैयाँ कायम रहेको छ। १ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६५ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।

    तेस्रो त्रैमाससम्म कम्पनीले १५ अर्ब ५६ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गर्दा ४ अर्ब ४७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। कुल सम्पत्ति १८ अर्ब ३० करोड रुपैयाँ नाघेको कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend