काठमाडौं, १८ वैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेड ले संस्थापक समूहअन्तर्गतको शेयर बिक्रीमा राखेको छ। बैंकले कुल १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर बिक्रीका लागि सार्वजनिक गरेको हो।
उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण तथा योग्य लगानीकर्ताले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्यापिटल लिमिटेड को कार्यालयमा आवेदन दिन सक्नेछन्।
बैंकले प्रति कित्ता न्यूनतम मूल्य १३५ रुपैयाँ तोकेको जनाएको छ। इच्छुक खरिदकर्ताले तोकिएको समयसीमाभित्र आवश्यक कागजात सहित आवेदन पेश गर्नुपर्नेछ।




.gif)





