images

२०८३ आश्विन १८ गते

images
images
images

आज बैंकिङ प्रणालीबाट १ खर्ब २० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

आज बैंकिङ प्रणालीबाट १ खर्ब २० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

images
images
बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ, १७ वैशाख । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट १ खर्ब २० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत पुनः बजारबाट पैसा खिच्न लागेको हो।

    images
    images

    राष्ट्र बैंकका अनुसार यसका लागि बिहीबार दिउँसो ३ बजे बोलकबोल आह्वान गरिएको छ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र सोभन्दा माथि ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि पाइने व्यवस्था गरिएको छ। उक्त उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    images
    images

    राष्ट्र बैंकले यो निक्षेप संकलन उपकरणको अवधि ९७ दिन तोकेको छ। उक्त अवधिको साँवा तथा ब्याज भुक्तानी साउन २० गते गरिने जनाइएको छ।

    केन्द्रीय बैंकले बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्दै ब्याजदर स्थायित्व कायम राख्ने उद्देश्यले यस्तो कदम चालेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend