images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल...

गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा छुट सुविधा

गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा छुट सुविधा

images
images
बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ, १७ वैशाख । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले अब ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। यसका लागि बैंक र सम्बन्धित अस्पतालबीच त्रिपक्षीय सम्झौता गरिएको छ।

    images
    images

    सम्झौताअनुसार बैंकका ग्राहकले ओम हस्पिटलमा सिटी स्क्यान, एक्सरे लगायतका सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। त्यस्तै, कान्तिपुर डेन्टल हस्पिटलमा बेड शुल्कमा १५ प्रतिशत र अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यवस्था गरिएको छ।

    यो छुट सुविधा काठमाडौंको वसुन्धारा, सुन्दरबस्ती र सतुंगल शाखासहित पोखरा, नारायणगढ–भरतपुर तथा बुटवलस्थित शाखाबाट समेत उपलब्ध हुनेछ।

    images
    images

    छुट लिन ग्राहकले गरिमा विकास बैंकको मोबाइल बैंकिङ वा डेबिट–क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend