images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • हिमालयन बैंकको नाफा ५२.४० प्रतिशतले वृद्धि,...

हिमालयन बैंकको नाफा ५२.४० प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी ७ अर्ब नाघ्यो

हिमालयन बैंकको नाफा ५२.४० प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी ७ अर्ब नाघ्यो

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ, १६  वैशाख । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

    images
    images

    बैंकले नौ महिनाको अवधिमा ७६ करोड २५ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५० करोड ४ लाख ८ हजार रुपैयाँ थियो। यससँगै बैंकको नाफा ५२.४० प्रतिशतले वृद्धि भएको हो।

    यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८.५३ प्रतिशतले बढेर ८ अर्ब ३२ करोड ८८ लाख २३ हजार रुपैयाँ पुगेको छ। यद्यपि, सञ्चालन मुनाफा भने ६९.६० प्रतिशतले घट्दै १ अर्ब १५ करोड ६१ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ।

    images
    images

    बैंकको खुद ब्याज आम्दानी ४.७२ प्रतिशतले वृद्धि भई ७ अर्ब १७ करोड २७ लाख ७२ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी पनि १२.३९ प्रतिशतले बढेर ८३ करोड ७२ लाख ४८ हजार रुपैयाँ पुगेको छ।

    तर, इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा बढेर १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँबाट ३ अर्ब १२ करोड ५३ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

    चैत मसान्तसम्म बैंकले ३ खर्ब ३८ अर्ब १८ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३१ अर्ब ४३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    हाल बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ५६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ अर्ब १९ करोड २ लाख रुपैयाँ सञ्चित छ। रिटेन्ड अर्निङ भने १० अर्ब ४६ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    बैंकको प्रतिशेयर आम्दानी (EPS) ४ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ९६ पैसा र मूल्य–आम्दानी अनुपात ४६.३१ गुणा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend