images

२०८३ आश्विन १८ गते

images
images
images

कृषि विकास बैंकको नाफामा ५७ प्रतिशतको वृद्धि, वितरणयोग्य मुनाफा १ अर्ब २५ करोडभन्दा माथि

कृषि विकास बैंकको नाफामा ५७ प्रतिशतको वृद्धि, वितरणयोग्य मुनाफा १ अर्ब २५ करोडभन्दा माथि

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ, १६ वैशाख । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५७.१९ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड ३९ लाख ७३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले ८८ करोड ६८ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

    images
    images

    बैंकको सञ्चालन मुनाफा पनि ३४.२६ प्रतिशतले बढेर २ अर्ब १२ करोड ९ लाख २ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १४ लाख ४२ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ। अघिल्लो वर्ष यो सूचक १ अर्ब ९१ करोड १० लाख ३१ हजार रुपैयाँ थियो।

    यद्यपि बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट देखिएको छ। समीक्षा अवधिमा यस्तो आम्दानी ११.३४ प्रतिशतले घट्दै ५ अर्ब १५ करोड ३९ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ।

    images
    images

    सम्पत्तिको गुणस्तरका हिसाबले भने केही दबाब देखिएको छ। बैंकको खराब कर्जा अनुपात गत वर्ष ४.९८ प्रतिशतबाट बढेर ५.०६ प्रतिशत पुगेको छ।

    बैंकको चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख २० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब ४१ करोड ६२ लाख ३५ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ १९ पैसा कायम भएको छ।

    व्यवसाय विस्तारतर्फ बैंकले चैत मसान्तसम्म २ खर्ब ९१ अर्ब ८ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ करोड १२ लाख ५७ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।

    इम्पेरमेन्ट चार्ज १ अर्ब ९६ करोड ५४ लाख ४१ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ। नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ २५ पैसा पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend