काठमाडौँ, १६ वैशाख । नेपाल राष्ट्र बैंकले आठ जना उपनिर्देशक (अधिकृत द्वितीय) लाई निर्देशक (अधिकृत प्रथम) पदमा बढुवा गरेको छ।
केन्द्रीय बैंकले कर्मचारी विनियमावली, २०६८ को विनियम ५३ अनुसार योग्यताक्रम र कुल प्राप्ताङ्कका आधारमा बढुवा गरिएको जानकारी दिएको छ।
बढुवा सूचीको पहिलो स्थानमा भुक्तानी प्रणाली विभागमा कार्यरत सम्झना ढकाल रहेकी छन्। दोस्रोमा गैर–बैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागकी नविना ढकाल र तेस्रोमा विदेशी विनिमय व्यवस्थापन विभागका संजीव कुमार झा परेका छन्।
त्यसैगरी गभर्नरको कार्यालयका सुमन नेउपाने, बैंकिङ्ग विभागकी पुष्पा अधिकारी, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका मोहन पुडासैनी, आन्तरिक लेखापरीक्षण विभागका कमल प्रकाश कालाथोकी र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाकी शिखा अधिकारी पनि निर्देशक पदमा बढुवा भएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार अन्तिम योग्यताक्रममा परेका उम्मेदवारले कुल १८९.७५ अंक प्राप्त गरेका थिए।




.gif)





