images

२०८३ आश्विन १८ गते

images
images
images

बैंकिङ प्रणालीबाट फेरि ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट फेरि ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ, १६ वैशाख । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंक ले आज फेरि ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत तान्ने भएको छ।

    images
    images

    राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार उक्त रकम संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल गरिनेछ।

    निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र सोभन्दा माथि ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    images
    images

    यो निक्षेप संकलन उपकरणको बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

    राष्ट्र बैंकका अनुसार ४९ दिन अवधिको उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी आउँदो असार ३ गते गरिनेछ।

    पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदै गएपछि राष्ट्र बैंकले नियमित रूपमा यस्तो उपकरण प्रयोग गर्दै रकम व्यवस्थापन गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend