images

२०८३ आश्विन १८ गते

images
images
images

वाणिज्य बैंकहरूको नाफा ४९ अर्ब नाघ्यो, क्षेत्रगत सुधार स्पष्ट देखियो

वाणिज्य बैंकहरूको नाफा ४९ अर्ब नाघ्यो, क्षेत्रगत सुधार स्पष्ट देखियो

images
images
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ, १५ वैशाख । चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्म नेपालको वाणिज्य बैंकिङ क्षेत्रले उल्लेखनीय सुधार देखाएको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरूको कुल खुद नाफा ४९ अर्ब २१ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको ४१ अर्ब २५ करोड रुपैयाँको तुलनामा १९.३० प्रतिशतले बढी हो।

    images
    images

    नाफाको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्दै शीर्ष स्थान कायम राखेको छ। त्यसपछि ग्लोबल आईएमई बैंकले ४ अर्ब ४० करोड रुपैयाँ र कुमारी बैंकले ४ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन्। कुमारी बैंकले अघिल्लो वर्षको तुलनामा १३६१ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै तीव्र पुनरुत्थान देखाएको छ।

    राष्ट्रिय वाणिज्य बैंकले पनि २ अर्ब ७६ करोड रुपैयाँ नाफा आर्जन गर्दै १२९ प्रतिशत वृद्धि गरेको छ। एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः ३ अर्बभन्दा माथिको नाफा कायम राख्दै बजारमा बलियो उपस्थिति जनाएका छन्।

    images
    images

    मध्यम आकारका बैंकहरूको प्रदर्शन पनि सकारात्मक देखिएको छ। सानिमा बैंकको नाफा ४२ प्रतिशतले बढ्दै २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गर्दै ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको छ। सिटिजन्स बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले पनि स्थिर वृद्धि कायम गरेका छन्।

    बैंकहरूको नाफा वृद्धिको मुख्य कारण सञ्चालन दक्षता सुधार, खर्च नियन्त्रण तथा कर्जा गुणस्तरमा भएको सुधार रहेको विश्लेषण गरिएको छ। इम्पेरमेन्ट चार्ज घट्नुले पनि समग्र मुनाफा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

    तरलता अवस्था सुदृढ रहँदा बैंकहरूले कर्जा–निक्षेप अनुपात सन्तुलित राख्न सफल भएका छन्। ब्याजदर घट्दै जाँदा कर्जा विस्तारका लागि अनुकूल वातावरण बनेको छ।

    समग्रमा, केही बैंकहरूमा सामान्य गिरावट देखिए पनि बैंकिङ क्षेत्रको प्रदर्शन सकारात्मक रहेको छ। यसले निक्षेपकर्ता तथा लगानीकर्ताको विश्वास थप मजबुत बनाएको छ। आगामी दिनमा डिजिटल बैंकिङ विस्तार, गैर–ब्याज आम्दानी वृद्धि र गुणस्तरीय कर्जा प्रवाहमा बैंकहरूको ध्यान केन्द्रित रहने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend