images

२०८३ आश्विन १८ गते

images
images
images

सिद्धार्थ बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा ३ अर्ब नजिक

सिद्धार्थ बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा ३ अर्ब नजिक

images
images
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ, १५ वैशाख । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब १ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा करिब २०.७८ प्रतिशत वृद्धि हो।

    images
    images

    बैंकको नाफा बढ्नमा इम्पेरमेन्ट चार्ज घट्नुका साथै खुद ब्याज आम्दानी र फि तथा कमिशन आम्दानीमा सुधार मुख्य कारण बनेका छन्। समीक्षा अवधिमा सञ्चालन मुनाफा २३.४५ प्रतिशतले बढेको छ।

    बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ९८ पैसा रहेको छ। यस अवधिमा प्रतिशेयर आम्दानी पनि बढेर १७ रुपैयाँ ६२ पैसा पुगेको छ।

    images
    images

    बैंकको चुक्ता पूँजी १८ अर्ब २९ करोड रुपैयाँ छ भने निक्षेप ३ खर्ब ३ अर्ब र कर्जा प्रवाह २ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend