images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एलएस होराइजन १२ सार्वजनिक निष्काशन बैशाख...

एलएस होराइजन १२ सार्वजनिक निष्काशन बैशाख ३० गतेदेखि

एलएस होराइजन १२ सार्वजनिक निष्काशन बैशाख ३० गतेदेखि

images
images
सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौँ, १४ वैशाख । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले बैशाख ३० गतेदेखि ‘एलएस होराइजन १२’ नामक सामूहिक लगानी कोषको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

    images
    images

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। लक्ष्मी सनराइज बैंक लिमिटेड प्रवर्द्धक रहेको यस योजना १२ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो, जुन लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ।

    कुल १२ करोड इकाईमध्ये १ करोड ८० लाख इकाई बीज पूँजीका रूपमा प्रवर्द्धक बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    images
    images

    फण्डमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सबै इकाई बिक्री नभएमा निष्काशन अवधि जेठ १३ गतेसम्म लम्बिनेछ।

    धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले नै सम्हालेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको छ।

    रेटिङ्गतर्फ, केयर रेटिङ्ग नेपाल ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी ट्रिपल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ्ग दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend