images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सानिमा इक्विटी फण्ड–२ बैशाख २४ देखि...

सानिमा इक्विटी फण्ड–२ बैशाख २४ देखि निष्काशन हुँदै

सानिमा इक्विटी फण्ड–२ बैशाख २४ देखि निष्काशन हुँदै

images
images
सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौँ, १४ वैशाख । सानिमा क्यापिटलले सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने “सानिमा इक्विटी फण्ड–२” बैशाख २४ गतेदेखि निष्काशन गर्ने भएको छ। यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड हो।

    images
    images

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई बराबर १ अर्ब रुपैयाँको कोष संकलन गर्ने लक्ष्य राखेको छ। निष्काशन गरिने कुल इकाईमध्ये १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई सानिमा बैंकका लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २० लाख इकाई सानिमा क्यापिटललाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।

    फण्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले बैशाख २९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन अवधि जेठ ७ गतेसम्म थप गरिनेछ। न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    images
    images

    आवेदन सि–आस्बा प्रणाली मार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी दिन सकिनेछ।

    यस फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

    रेटिङ्गका हिसाबले क्रेडिट रेटिङ संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई प्रदान गरेको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई रेटिङ्ग प्रदान गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend