images

२०८३ आश्विन १६ गते

images
images
images

स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, आजदेखि हस्तान्तरण

स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, आजदेखि हस्तान्तरण

images
images
सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौँ, १४ वैशाख । बर्सौंदेखि छाप्न बाँकी रहेका १२ लाखप्रति स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अन्ततः छपाइ सम्पन्न भएको छ। सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभाग बीच भएको पहिलो चरणको सम्झौता अनुसार उक्त लाइसेन्स छापिएको हो।

    images
    images

    केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना का अनुसार छापिएका १२ लाखप्रति लाइसेन्स आज (सोमबार) औपचारिक कार्यक्रम मार्फत सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ। दैनिक दुई सिफ्टमा सामान्यतया ४० हजारसम्म र केही दिन ६० हजारसम्म लाइसेन्स छापिएको जानकारी पनि उनले दिएका छन ।

    दोस्रो चरणमा थप १७ लाखप्रति लाइसेन्स छाप्ने सम्झौता वैशाख ४ गते भइसकेको छ। केन्द्रसँग आवश्यक प्रिन्ट कार्ड मौज्दात रहेकाले असार मसान्तसम्म दोस्रो चरणको काम पनि सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    images
    images

    यससँगै कुल २९ लाख पुराना बाँकी लाइसेन्स मध्ये पहिलो चरणका १२ लाख छापिसकिएको र बाँकी १७ लाख पनि असारभित्रै सकिने बताइएको छ। केन्द्रका अनुसार साउन १ गतेदेखि लाइसेन्स छपाइको पुरानो समस्या अन्त्य हुनेछ र सेवाग्राहीले रसिद बोकेर वर्षौं कुर्नुपर्ने अवस्था हट्नेछ।

    विगतमा दैनिक करिब ४ हजार मात्र छापिँदै आएको लाइसेन्स अहिले झन्डै ४० हजारसम्म छाप्न थालिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना को निर्देशनपछि छपाइ प्रक्रिया तीव्र पारिएको हो।

    Sadak Baglung Sahid Marg.jpg

    २०७२ सालदेखि सुरु गरिएको स्मार्ट लाइसेन्स प्रणालीमा सुरुदेखि नै ढिलाइ हुँदै आएकोमा अब भने दीर्घकालीन समाधान हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend