images

२०८३ आश्विन १८ गते

images
images
images
तीन शाखामध्ये दुई शाखा समायोजन

नबिल बैंकका दुई शाखा मर्ज, अब सेवा नयाँ बानेश्वरबाट मात्रै

नबिल बैंकका दुई शाखा मर्ज, अब सेवा नयाँ बानेश्वरबाट मात्रै

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका आफ्ना तीन शाखामध्ये दुई शाखा समायोजन गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूल शाखामध्ये बिजुलीबजार र शंखमूल शाखा बन्द गरी सम्पूर्ण सेवा नयाँ बानेश्वर शाखाबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको हो ।

    images
    images

    बैंकले आइतबार सूचना जारी गर्दै वैशाख २१ गतेदेखि बिजुलीबजार र शंखमूल शाखाबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द हुने जनाएको छ । ती शाखाका ग्राहक सेवा अब नयाँ बानेश्वर शाखामा स्थानान्तरण गरिनेछ ।

    बैंकका अनुसार सम्बन्धित शाखामा रहेका ग्राहकका खाता, लकर तथा अन्य बैंकिङ सुविधा अब नयाँ बानेश्वर शाखामै निरन्तर रूपमा उपलब्ध हुनेछन् । बैंकले सेवा समायोजनपछि ग्राहकलाई अझ प्रभावकारी र सहज सेवा दिने उद्देश्य रहेको जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend