images

२०८३ आश्विन १८ गते

images
images
images

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

images
images
शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौँ, ११ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ७८८ दशमलव ७० को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव शून्य पाँच प्रतिशतको वृद्धि हो । विगत चार कारोबार दिनयता गिरावट आएको शेयर बजारमा आज झिनो अङ्कको सुधार देखिएको हो ।

    images
    images

    अघिल्लो दिन नेप्से परिसूचक दुई हजार ७८७ को बिन्दुमा पुग्दा रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ को कारोबार भएको थियो । आज रु पाँच अर्ब २७ करोड तीन लाख ९९ हजार ७२७ दशमलव ६४ को कारोबार भएको छ ।

    आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घट्नुका साथै १४ कम्पनी स्थिर रहेका छन् । आज ३५१ कम्पनीको एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ७५ हजार २२९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २७ करोड तीन लाख ९९ हजार ७२७ दशमलव ६४ को कारोबार नेप्सेले जनाएको छ ।

    images
    images

    आज सबैभन्दा बढी अन्य समूहको परिसूचक एक दशमलव शून्य दुई प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स शून्य दशमलव ६२, निर्जीवन बिमा शून्य दशमलव शून्य छ, जीवन बिमा शून्य दशमलव २६, माइक्रोफाइनान्स शून्य दशमलव ३५ र लगानी शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।

    व्यापार समूह शून्य दशमलव ५८, होटल तथा पर्यटन समूह शून्य दशमलव ३२, बैंकिङ शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव २२, हाइड्रोपावर शून्य दशमलव २५ र उत्पादन तथा प्रशोधन समूहको शेयर मूल्य शून्य दशमलव ६६ प्रतिशतले बढेको छ ।

    आज सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend