images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एपोलो हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस्...

एपोलो हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

एपोलो हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

images
images
शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • एपोलो हाइड्रोपावरको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ७८ हजार २० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।उक्त आइपिओमा कुल २७ लाख २७ हजार ११७ जनाले दुई करोड ९८ लाख ५१ हजार ३८० कित्ताका लागि आवेदन दिएका बिक्री प्रबन्धकको भनाइ छ।कम्पनीले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।

    images
    images

    कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ७ करोड ८० लाख २० हजार रूपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend