images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • शेयर बजार २.९५ अंकले ...

शेयर बजार २.९५ अंकले घट्याे, सात अर्ब ८१ करोड रुपैयाँको कारोबार

शेयर बजार २.९५ अंकले घट्याे, सात अर्ब ८१ करोड रुपैयाँको कारोबार

images
images
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौं । दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार सेयर बजार घटेको छ ।दिनभर उतारचढाव देखिएको बजार गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि क्रमशः सम्हालिँदै २८१७.५५ विन्दुसम्म पुगेको थियो । तर, यो वृद्धि अस्थिर देखियो । अन्ततः नेप्से २.९५ अंकले घटेर बन्द भएको छ । यस दिन परिसूचक २८०४.१७ विन्दु कायम भएको छ । 

    images
    images

    कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । हिजो पाँच अर्ब ७७ करोडको कारोबार भएकामा आज सात अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका ३४२ कम्पनीमध्ये १२१ कम्पनीको मूल्य बढेको छ । १३८ कम्पनीमा मूल्य घट्दा १० वटाको स्थिर रह्यो । आज तीन कम्पनीको मूल्य १५ प्रतिशतले बढेको छ । पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो र शिखर पावरको मूल्य सोबराबर बढेको हो ।होटेल फरेस्ट इनको मूल्यमा १०.७५ प्रतिशतको गिरावट आएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend