images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र...

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

images
images
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। पछिल्लो समय बैंकहरूमा निक्षेप बढे पनि कर्जाको माग नबढ्दा प्रणालीमा थुप्रिएको अतिरिक्त रकम राष्ट्र बैंकले १६० दिनका लागि तान्न लागेको हो।वित्तीय प्रणालीमा तरलता पर्याप्त भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ३ प्रतिशतकै हाराहारीको न्यून ब्याजदरमा केन्द्रीय बैंकलाई पैसा बुझाइरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले अनलाइन खरिद प्रणालीमार्फत आज बोलकबोल आह्वान गरेको छ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

    images
    images

    निक्षेप संकलनको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्नेछन्।केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा ब्याजदर व्यवस्थित गर्न ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार खिच्न लागिएको यस रकमको साँवा तथा ब्याज भुक्तानी आउँदो असोज २१ गते गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend