images

२०८३ आश्विन १८ गते

images
images
images

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

images
images
सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) को अन्तिम बाँडफाँट सम्पन्न भएको छ। गत चैत २२ गतेदेखि २५ गतेसम्मका लागि खुलेको आईपीओको बाँडफाँट आज गरिएको हो ।कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गरेको थियो । जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीलाई बाँडफाँटपछि बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

    images
    images

    उक्त आईपीओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ७८ हजार ७० जनाको आवेदन मात्रै स्वीकार गरिएको थियो । योग्य आवेदकमध्ये जम्मा ६८ हजार ४७५ जनाले मात्र सेयर पाएका छन्। मागभन्दा बढी आवेदन परेपछि अत्यधिक मागका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको हो। बाँकी आवेदक भने हात खाली भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend