images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • वैशाख १६ गतेदेखि एभरेष्ट कलरको आईपीओ...

वैशाख १६ गतेदेखि एभरेष्ट कलरको आईपीओ खुल्दै

वैशाख १६ गतेदेखि एभरेष्ट कलरको आईपीओ खुल्दै

images
images
आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • काठमाडौं। एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैशाख १६ गतेदेखि उक्त आईपीओ खुलाउने तयारी गरेको हो।जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँ मूल्यको ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न स्वीकृति पाएको कम्पनीले जनाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

    images
    images

    आवेदन दिन चाहनेले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि वैशाख ३० गतेसम्म थपिनेछ।शेयर निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइनमार्फत दिन सकिने व्यवस्था गरिएको छ।केयर रेटिङ्ग्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend