images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • आज काठमाडौंका विभिन्न स्थानहरूमा तीनदेखि...

आज काठमाडौंका विभिन्न स्थानहरूमा तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने

आज काठमाडौंका विभिन्न स्थानहरूमा तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने

images
images
शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार दिउँसो केही समय विद्युत अवरूद्ध हुने जनाएको छ।

    images
    images

    प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको मण्डिखाटार फिडर अन्तर्गतका क्षेत्रहरूस बासबारी, चक्रपथ, मण्डिखाटार, गोल्फुटार क्षेत्रमा शनिबार मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

    त्यस्तै महाराजगन्ज वितरण केन्द्रकै सुकेधारा फिडर अन्तर्गत पर्ने क्षेत्रहरू एकतावस्ती, न्युकोलोनी र मण्डिखाटारमा पनि मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    images
    images

    कुलेश्वर वितरण केन्द्रको चःमति फिडर अन्तर्गतका क्षेत्रहरूः कालीमाटी, टंकेश्वर, डल्लु, स्वयम्भू, भगवानपाउ, डल्लु आवास, रेन्बो स्कुल, जनसेवा मार्ग, बिजेश्वरी, रामटोल, चःमति, अजिमा महेन्द्र रत्न कलेज, कलस अपार्टमेन्ट, चागल, जिल्ला शिक्षा कार्यालय, डल्लु झोलुंगे पुल लगायतका ठाउँहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले सूचना जारी जानकारी दिएको छ।

    ती क्षेत्रहरूमा  प्रिभेन्टिम मेन्टिनेन्सका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत सेवा अवरूद्ध हुने पनि प्राधिकरणले जनाएको छ।

    निर्धारित समयभन्दा अगाडि नै काम सकिए तोकिएको समय अगावै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend