काठमाडौं, वैशाख ३ । नेपाल–इटाली उद्योग वाणिज्य संघ (NICCI)ले नव निर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान तथा अभिनन्दन गरेको छ।
संघका अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा आयोजित कार्यक्रममा तामाङलाई सम्मान गरिएको हो। कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो।
NICCIकी सक्रिय सदस्य समेत रहेकी तामाङलाई व्यवसायिक समुदाय तथा सामाजिक विकासमा दिएको योगदानका लागि सम्मान गरिएको संघले जनाएको छ। उनको निर्वाचनलाई सार्वजनिक सेवा र समावेशी विकासप्रतिको प्रतिबद्धताको रूपमा लिइएको छ।
यस अवसरमा संघले तामाङलाई बधाई दिँदै नयाँ भूमिकामा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने वरिष्ठ उपाध्यक्ष रूपक राजवंशी र कार्यकारी बोर्ड सदस्य सुनिता सिंहप्रति पनि संघले आभार व्यक्त गरेको छ।




.gif)





