images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डले दियो तीन कम्पनीलाई आईपीओ...

धितोपत्र बोर्डले दियो तीन कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

धितोपत्र बोर्डले दियो तीन कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

images
images
बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौं- नेपाल धितोपत्र बोर्डले एकैदिन तीन कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। नयाँ वर्षको पहिलो कारोबार दिन बोर्डले एभरेष्ट कलर लिमिटेड, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई प्राथमिक शेयर जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो।बोर्डको निर्णयअनुसार एभरेष्ट कलर लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरमा ७ लाख २० हजार कित्ता शेयर निष्कासन गर्नेछ। यस कम्पनीको बिक्री प्रबन्धकको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई दिइएको छ। त्यसैगरी, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले २५ लाख ८० हजार कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ, जसको निष्कासन तथा बिक्री प्रबन्धन एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ।

    images
    images

    यससँगै सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले पनि प्रति शेयर १०० रुपैयाँकै दरमा ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने स्वीकृति प्राप्त गरेको छ। उक्त कम्पनीको आईपीओ प्रक्रिया ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत अगाडि बढाइनेछ।बोर्डबाट एकैदिन स्वीकृति पाएका यी तीनै कम्पनीहरूले अब छिट्टै आह्वानपत्र प्रकाशित गरी सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने तयारी गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend