काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.८३ अंकले घटेको हो । १.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८३३.०३ अंकमा झरेको छ । जार उच्च अंकले घटेसँगै आज सबै समूह राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा बढी १.९८ प्रतिशतले घटेको हो । आज ३४२ कम्पनीका २ करोड ७ लाख ४३ हजार ८ सय ८४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार ८ सय ८.२७ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न पाँच कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताहरुले १०, १०, ९.९९, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.४७ प्रतिशतले घाटा व्यहोरेका छन् । आज रिलायन्स स्पिनिङको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६१ करोड ८० लाख ४३ हजार ४ सय ४८ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन सोमबार ४.१८ अंकले बजार घट्दा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६ सय ४१.७९ रुपियाँ बराबरको कारोबार भएको छ । मंगलबार नयाँ वर्षको सार्वजनिक बिदाका कारण बजार बन्द थियो भने हिजो बुधबार ३३.२७ अंकले बजार बढ्दा १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७ सय ९६.५६ रुपियाँ बराबरको कारोबार भएको थियो ।




.gif)



